हरेक दिन गुडुल्किएर हिँड्दै दर्जनौ व्रतालु

भक्तपुरको श्री स्वस्थानी व्रत कथा (माधव नारायण व्रत) का पुरुषहरू गुडुल्किएर धर्म कमाउँदै आएका छन्। व्रत बसेका एक हुल बालकदेखि वृद्धसम्म दैनिक गुडुल्किएर हिँड्दै आएका छन्। नांगो खुटामा लुगा फुकालेर उनीहरू दैनिक बिहान फरक फरक सडकमा गुडुल्किएर हिँड्दै आएका हुन्।

एक महिने व्रतका क्रममा भक्तपुरको हनुमानघाटमा हुने माधव नारायण व्रतमा भाग लिएका बालकहरू व्रतको एक महिनाभरि यसरी नै दैनिक फरकफरक स्थानका सडकमा बिहान गुडुल्किएर हिँड्छन्।

नांगो खुटामा सवै लुगा फुकालेर धोती लगाई दिन तिथि नुसार फरक फरक देवतालाई गुडुल्किएर वा जिउ नापरे हिँडेर जल चढाउने कर्म उनीहरूले गर्दै आएका छन्।

परम्परा अनुसार एक दर्जनको संख्यामा रहेका उनीहरू दैनिक बिहान हनुमानघाटमा भेला भई फरकफरक तीर्थस्थलमा यसरी नै व्रतमा सहभागी अन्य पुरुषहरूसँग गुडुल्किएर हिँड्छन्।

यस्तो धार्मिक कार्यमा वर्षैपिच्छे लाग्दै आएका विनोद प्रजापतिले प्रत्येक वर्ष आफ्ना छोराहरूका साथ सहभागी हुँदै आएको बताए। धार्मिक विश्वास अनुसार आफू मात्रै नभई छोराहरूलाई पनि यस कार्यमा प्रत्येक वर्ष लगाउँदै आएको उनले जनाए।

माधव नारायण व्रत (धलं) सेवा समितिका अध्यक्ष उद्धब खाइतूका अनुसार यो वर्ष बालबालिकादेखि वृद्धवृद्धासम्म सहभागी छन्। उनका अनुसार व्रतका क्रममा दैनिक फरक फरक स्थानमा सबै लुगा फुकालेर सेतो पटुका बाँधेर नांगो खुटाले दैनिक फरक तीर्थस्थल परिक्रमा गर्नुपर्छ।

यो क्रममा भक्तपुर नगरका तिलमाधव नारायणदेखि बंशगागोपालसम्म, तलेजूदेखि खोखाली नारायण इटाछेंसम्म, बाकुपटी नारायण सूर्यमढीदेखि तुलाछेंसम्म, हनुमानघाटदेखि चण्डेश्वरीसम्म र अन्तिम पटक व्रत सम्पन्न हुनु एक दिनअघि चतुर्दशीका दिन टौमढी तिलमाधबदेखि देश परिक्रमा गरेर तिलमाधबमै पुगेर व्रत अन्त हुने परम्परा छ।

यसबाहेक व्रतालुहरू यो एक महिनाकोबीचमा भक्तपुर नगरबाहेक चाँगुनारायण, पशुपति, पनौतीमा पनि नांगो खुटाले हिँडेर पुग्नुपर्छ। त्योबेला उनीहरू गुडुल्किएर नभई हिँडेरै कलश बोकेर कलश यात्रा गर्छन्।

व्रतमा पुरुषबाहेक महिलाहरू पनि प्रत्येक वर्ष सहभागी हुन्छन्। महिलाहरू दैनिक हनुमानघाटमै सुत्ने गर्छन् भने पुरुषहरू भने बिहान मात्रै आई दिउँसो आआफ्नो काममा जान्छन् र सुत्नका लागि आआफ्नो घरघर पुग्छन्।

संस्कृतिविद् विनोदराज शर्माका अनुसार भक्तपुरको हनुमानघाटमा नेपाल सम्वत ७२२ देखि माधवनारायणको उपासनायुक्त धलंको परम्परा चलेको लिखित प्रमाण छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights