आजबाट बन्नेछ त्रिग्रही योग : यी राशिको चम्किनेछ भाग्य, करियर-कारोबारमा छ सफलताको योग

वैदिक ज्योतिष अनुसार आजबाट मकर राशिमा त्रिग्रही योग बन्दैछ। शनि देव र शुक्र ग्रह मकर राशि पहिलेदेखि नै विराजमान छ। सूर्यदेव पनि मकर राशिमा प्रवेश गर्नेछ। जसकारण त्रिग्रही योग बन्नेछ। जसको प्रभाव सबै राशिका मानिसहरुमा देखिनेछ। तर ३ राशि यस्ता छन्, जसलाई यो योग बन्दा धनलाभ र करियरमा प्रगतिको सम्भावना बनेको छ। आउनुहोस्, जानौँ ती राशिहरु कुन-कुन हुन् त ?

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : – त्रिग्रही योग बनेपछि मेष राशिका व्यक्तिहरुको शुभ दिन सुरु हुन सक्छ, किनकी यो योग तपाईको राशिको दशम स्थानमा बन्नेछ। जसलाई कर्म भाव मानिन्छ।

त्यसैले यस समयावधिमा बेरोजगार रहेका मानिसहरुले नयाँ रोजगारीको अवसर पाउनेछन्। साथै नोकरीपेशा गरिरहेका जातकले कार्यस्थलमा नयाँ जिम्मेवारी पाउन सक्छन्। विद्यार्थीहरुका लागि समय धेरै राम्रो छ। राजनीति र चिकित्सा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको लागि यो धेरै राम्रो समय हुनेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : – त्रिग्रही योग तपाईको लागि अनुकूल साबित हुन सक्छ। यो योग तपाईको कुण्डलीको छैठौँ भावमा बन्नेछ। जसलाई शत्रु र रोगको स्थान मानिन्छ।

त्यसैले यस समयमा तपाईको साहस र पराक्रममा वृद्धि हुने देखिन्छ। यससँगै सरकारी जागिरमा आबद्द व्यक्तिहरुको आत्मसम्मानमा वृद्धि हुनेछ। प्रतियोगात्मक परीक्षाको तयारी गरिरहेका व्यक्तिहरुका लागि समय अत्यन्तै राम्रो रहनेछ। अड्डा-अदालतको मामिलामा विजय हासिल हुनेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : – तुला राशिका लागि त्रिग्रही योग बन्नु शुभ र फलदायी साबित हुन सक्छ। किनकी यो योग तपाईको राशिको चतुर्थ स्थानमा बन्नेछ।

जसलाई भौतिक सुख र माताको भाव मानिन्छ। यस अवधिमा तपाईलाई पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ। साथै करियरको हिसाबले यो अवधि तपाईको लागि अनुकूल रहनेछ। यहीँ अवधिमा वाहन या घरजग्गा खरिद गर्ने सोच आउन सक्छ। तपाईको सुख-साधनमा वृद्धि हुन् सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट