लक्ष्मी हिन्दु धर्ममा धन तथा सुन्दरताकी देवी हुन् । हरेक मानिसको चाहना हुन्छ, सधै उसको घरमा लक्ष्मीको वास गरुन्, आर्थिक स्थिति राम्रो होस्, व्यक्तिले सबै सुख भोग गर्न सकोस् । हरेक दिन भगवानको पूजा गरेर सोचेजस्तै कृपा पाउन सकिदैन् ।
धार्मिक ग्रन्थमा उल्लेख भए अनुसार भगवानको कृपा पाउनको लागि भगवानलाई सह्य हुने काम गर्नुपर्छ । नराम्रो काम देखि भगवान पनि रुष्ट भएका हुन्छन् । त्यसकारण परिवारमा अशान्ति र गरिवी उत्पन्न हुन्छ । आज हामी तपाईलाई के काम गर्दा लक्ष्मी माता रिसाउँछिन् भन्नेबारे बताउन गइरहेका छौँ । यी ६ काम गर्नेलाई कहिल्यै मिल्दैन् लक्ष्मी माताको साथ
१. धार्मिक शास्त्रमा उल्लेख भएअनुसार हाई आउनुलाई पनि नराम्रो मानिन्छ । हाई आउनु निस्क्रियताको पहिचान भएपनि हाइ गर्दा लक्ष्मीको कृपा मिल्दैन् ।
२. स्वास्थयको लागि सहि समयमा सुत्नु राम्रो हो । तर लामो समय सुत्नु भनेको अमुल्य समय गुमाउनु हो । साथै यसबाट दरिद्रताको कारण पनि बन्न सक्छ ।
३. अशान्ति मनले गरेको कार्य सम्पन्न हुँदैन् । क्रोधले पारिवारिक तथा सामाजिक सम्बन्धमा समेत असर पर्छ । क्रोधले व्यक्तिको मन र मस्तिष्कमा अशान्ति मच्चाउँछ ।
४. आलश्यता सफलताको बाटोर्ला बाधा पुर्याउँने ठूलो तत्व हो । सफलता चाहनेले आलश्यतालाई छोड्नुपर्छ अनि मात्र काम सफल बन्छ र लक्ष्मी माता खुसी हुन्छिन् ।
५. डराएर काम गर्ने बानीको कारण नोक्सान बोहोर्नुपर्छ । डरले सफलतामा पुर्याउन सक्दैन् । आत्मविश्वासमा कमी ल्याउँछ ।
६. नगरी नहुने काम गर्न जानी जानी बाहना बनाउनु राम्रो होइन् । यसले गर्दा समयमा नै काम पुरा हुँदैन् । यसले गर्दा धन आर्जन गर्न सकिदैन् ।
Discussion about this post