• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
राम्रो खालको साता छ । आइतबार रुघाखोकीले सताए पनि बाँकी दिन राम्रा खालका छन् । हातले समातेको इलमले निकै आर्थिक लाभ गराउला । पारिवारिक सुख भने त्यति देखिँदैन । देवीको दर्शन गरिरहनुपर्नेछ । जागिरबाट फाइदा नै हुने समय छ ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
साताको मध्य भागमा स्वास्थ्यसम्बन्धी समस्या पर्न सक्छ । अन्त्यमा राम्रै स्थितिको अनुभव गर्नुहुनेछ । बाधा दिनेहरू निकै हुनेछन् । गणेशको आराधनाले मात्र उनीहरूसँग मुकाबिला गर्न सहयोग देला । परिवार र मित्रले सहयोग देलान् । व्यापारमा निकै फलिफाप छ ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
राम्रो वातावरणमा साता सुरु होला । शनिबार भोजभतेर एवं मनोरञ्जन बढी गरिनेछ । मित्रसँग भेटघाट त होला तर उनीहरूबाट विशेष उपलब्धि भने लिन सक्नु हुने छैन । नारायणको दर्शन गरिरहनुहोस् । पढाइ र लेखाइमा राम्रै गति चल्ला ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
साताको सुरुको दिन प्रशस्त खर्च हुनेछ । आफ्नै खर्चले भोजभतेर गर्नुपर्ने बाध्यता पर्ला । स्वास्थ्यस्थिति पूरा सबल रहने छैन । स्वयं एवं परिवारको स्वास्थ्यले खर्च गराइरहला । व्यावसायिक कामबाट सामान्य लाभ मात्र हुनेछ । गोडामा केही समस्या सुरु हुने देखिन्छ ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
यो साता खर्च बढी नै रहला । त्यसलाई पु¥याउन प्रशस्त मेहनत गर्नुपर्नेछ । परिवार एवं मित्रबाट ठूलो सहयोग मिल्लाजस्तो छैन । बरु पछाडि बसेर उपहास गर्नेहरू धेरै हुनेछन् । भगवतीको दर्शन गरिरहनुहोस् । जागिरको भरले व्यवहार चलाउनु पर्ला ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
सम्मान प्रतिष्ठामा आएको ह्रास यस साता बिस्तारै पूर्ति भएर जाला । परिश्रम बढी गर्नुपर्नेछ । नयाँ किसिमको रचनासमेत तपाईंको कलमबाट निसृत हुनसक्छ । जागिरको क्षेत्रमा सानातिना बखेडा आउन सक्छन् । शनिश्चरको सेवाले त्यसलाई निराकरण गर्न सकिनेछ ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
यो साता काम गर्ने हौसला बढी रहेको छ । केही असल कामसमेत तपाईंबाट हुनेछन् । पढाइमा भएको बाधा बिस्तारै हटेर जाला । नयाँ मित्र थपिन सक्छन् । विशेषगरी प्राविधिक खाले कामले राम्रो मद्दत देला । आर्थिक स्थिति सप्रिएकै छ । गणेशको दर्शन गर्नुहोस् ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
साताको सुरु त्यति राम्रो छैन । गरेको काममा बाधा आउनुका साथै गोडामा चोटपटकसमेत लाग्ने सम्भावना छ । त्यसैले शनिबारको दिन बिहानै पीपलमा जल चढाउनुहोस् । लेखन कार्यबाट फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा भने मध्यम गति छ । सप्ताहान्तमा फाइदा होला ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
साताको सोमबार त्यति राम्रो छैन । त्यसैले यो दिनमा ठूलो रकमको लेनदेन नगर्नुहोस् । बाँकी दिन भने त्यति खराब छैनन् । तैपनि मनमा शङ्का र भय भइरहला । सूर्यको नित्य दर्शन गरेमा त्यस्तो शङ्का हटाउन सकिनेछ । जागिरमा भएको झन्झट क्रमशः मत्थर हुँदै जानेछ ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
साताको सुरुमा केही बाधाको सामना गर्नुपर्नेछ । त्यसपछि अलिअलि सुधार भए पनि मेहनत प्रशस्त पर्न जानेछ । बाधा दिने प्रशस्त छन् । मित्रको सहयोगले मात्र तिनीहरूसँग मुकाबिला गर्न सकिनेछ । खर्चको मात्रा घट्ने समय छैन, बढी नै रहनेछ ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
सातालाई नराम्रो भन्न मिल्दैन । मित्र एवं परिवारको सहयोगले केही गतिला काम सम्पन्न हुनेछन् । आर्थिक स्थिति पहिलेको भन्दा सप्रिएको छ । स्वास्थ्य बाधालाई हटाउन गणेशको आराधना गर्नुपर्नेछ । दाजुभाइबाट खास सहयोग मिल्ने देखिँदैन ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
साताको सुरुको दिनमा पेटमा गडबडी भएर लक्ष्यअनुसारको काम गर्न सक्नुहुने छैन । आइतबारदेखि भने पूरा सप्ताह राम्रो छ । काम गर्ने हौसला पनि बढ्ला । सोचेभन्दा बढी नै लाभ हुनेछ । पढाइको क्षेत्रमा समेत प्रगति हुने समय छ । जागिरमा मध्यम छ ।
Discussion about this post