भोलि देखि शनि-सूर्य एक साथ राशि परिवर्तन गर्दै, यी ३ राशि रहनुहोस् सावधान !

ज्योतिष शास्त्रका अनुसार जनवरी २०२३ लाई ग्रहहरूको राशि परिवर्तनका लागि धेरै महत्त्वपूर्ण मानिन्छ। धेरै ग्रहहरूले आफ्नो राशि परिवर्तन गर्नेछन्, जसको प्रभाव सबै १२ राशिका मानिसहरूलाई शुभ-अशुभ असर गर्नेछ। ग्रहहरुको राशि परिवर्तनको कारण कुन राशि हुनेहरुका लागि समय प्रतिकूल रहन सक्छ जान्नुहोस् ?

मेष राशि
ग्रहहरुको राशि परिवर्तनका कारण यस राशिका मानिसहरुको समय अनुकूल नहुन सक्छ। खर्च बढ्नाले आर्थिक समस्याको सामना गर्नु पर्नेछ । साथै कार्य सम्पन्न गर्नमा बाधा आउन सक्छ। कार्यस्थलमा पनि समय तपाईको पक्षमा नहुन सक्छ। रोजगारी भएका व्यक्तिहरूलाई कामको दबाब बढी हुन सक्छ। यस अवधिमा विवादको सम्भावना पनि छ।

कर्कट राशि
कर्कट राशिका व्यक्तिहरुलाई जीवनसाथीसँग विवाद हुनसक्छ । सम्बन्ध बिग्रन पनि सक्छ । आर्थिक रुपमा धनको प्रवाह राम्रो रहनेछ तर खर्च बढ्नुका कारण पैसा जोगाउन असफल हुनुहुनेछ । यस समयमा तपाईको स्वास्थ्य पनि बिग्रन सक्छ।

वृश्चिक राशि
यस राशिका व्यक्तिहरूले आर्थिक समस्याको सामना गर्नुपर्ने हुन सक्छ। व्यक्तिगत जीवनमा पनि समय प्रतिकूल हुनसक्छ । घरका सदस्यहरूसँग विवाद हुन सक्छ र धन हानिको सम्भावना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट