आजबाट सुरु हुँदै खरमास; यी ४ राशिलाई मिल्नेछ अनेक सफलता !

आज पुष १ गतेबाट खरमास महिना सुरु हुँदैछ। हिन्दु धर्ममा खरमसको विशेष महत्व छ। यसको प्रारम्भ भएसँगै विवाह लगायतका सबै शुभ कार्यमा रोक लगाइन्छ। हिन्दु पात्रो अनुसार खरमास पुष १ गतेदेखि ३० गतेसम्म रहनेछ।

ज्योतिष शास्त्र अनुसार खरमास महिनामा निश्चित राशि भएका व्यक्तिहरुलाई सबै ग्रहहरुको आशिर्वाद मिल्नेछ। ग्रह र नक्षत्र परिवर्तनले मानव जीवनमा प्रत्यक्ष प्रभाव पार्छ। यसको प्रभाव ज्योतिषशास्त्रमा उल्लेख गरिएका सबै १२ राशिमा देख्न सकिन्छ। आउनुहोस् जानौं कुन राशिका लागि खरमास शुभ रहनेछ।

मेष राशि
मेष राशि हुनेहरुको लागि समय राम्रो रहेको छ। यद्यपि, कुनै पनि निर्णय धेरै सावधानीपूर्वक लिनुहोस्। सकारात्मक कुरामा मन लगाउनुहोस्, सफलता मिल्नेछ। करियरमा सफलता मिल्ने सम्भावना छ।

यस समयमा, प्रेम सम्बन्धमा समय बर्बाद नगर्नुहोस्। प्रेममा निराशा मिल्न सक्छ। यो महिना बेरोजगारहरूका लागि कष्टदायी रहन सक्छ, विद्यार्थीहरूका लागि यो कठिन समय साबित हुनेछ।

मिथुन राशि
यो राशिका लागि पनि यो महिना अनुकूल रहनेछ। काममा केही बाधा आउन सक्छ, तर निरन्तर प्रयासले सफलता मिल्नेछ। रोगबाट छुटकारा पाउन सकिन्छ। पारिवारिक सुखसुविधा बढ्नेछ। परिवारमा खुशीको वातावरण रहनेछ। मान सम्मानमा वृद्धि हुनेछ। यस राशिका व्यक्तिले हनुमानजीको पूजा गर्नाले राम्रो फल प्राप्त हुन्छ।

कर्कट राशि
कर्कट राशिका लागि यो महिना शुभ रहनेछ। तपाईंले सही समय पहिचान गर्नुपर्छ र त्यसपछि अगाडि बढ्नुपर्छ। यो महिना पछि पैसा र नगदको कुनै कमी हुनेछैन। दाम्पत्य जीवन सुखमय रहनेछ। शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिले सफलता हात पर्नेछ।

मीन राशि
यो राशिका लागि यो महिना शुभ अवसर ल्याउनेछ। रोकिएका काम बन्नेछन्। नयाँ कामको थालनी पनि हुनसक्छ। चारैतिर सफलताको वातावरण रहनेछ। यसका साथै सावधानी अपनाउनु पर्ने अवस्था रहेको छ। कुनै पनि कुरामा धेरै मेहनत नगर्नुहोस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights