अरोमा: हुन नसकेकी प्रेमिका

समयको पर्वाह लाग्दैन मलाई । बेपर्वाह जो परें । खासमा आफ्नै खुशीमा हिंड्ने मान्छे म, आफैंमा आफैं रमाउन मन पराउँछु । बिन्दास बाँच्न मनपर्छ मलाई । निर्वाध रूपमा जिउनुको बेग्लै मजा हुन्छ । शायद मजस्तै गरी बाँच्नेलाई थाहा होला ।

चुक पोखिएझैं कालो छ बाहिर । त्यसैले ताराहरूको साम्राज्य स्पष्ट देखिरहेको छ । मन्दमन्द चिसो बतास चलिरहेको छ । आइरहेको छ एक तमासले कुकुर भुकेको आवाज पनि । मध्यरात कटेर पनि अर्को नयाँ बिहानीको एक बज्न लागिसकेको हुन्छ । सारा दुनियाँ मस्तसँग निद्रामा लुट्पुटिंदै, सपनाको दुनियाँमा आ-आफ्नो उडान भर्दै होलान् । म भने आमाले सानो छँदा सुनाएका भूतप्रेतका दन्त्यकथाको पात्र जस्तै भूत बनेर जाग्राम बसेको हुन्छु । पूरा रात बित्नै लागिसक्यो । यसरी आफ्नै तरिकाले जिउनुको पनि बेग्लै मजा हुन्छ जिन्दगीमा ।

एक्कासी चुरोट तलतल लागेजस्तो हुन्छ । पल्टीरहेको विस्तराबाट उठ्छु । छामछुम गर्दै बत्ती बाल्छु । त्यसो त औंलाहरूलाई आदत लागिसकेको छ बत्तीको स्वीच ठम्याउन, बट्टाबाट एक खिली चुरोट निकाल्न अनि लाइटरले चुरोट सल्काउँन् । बिस्तारै ओठको बीचमा च्याप्छु । उकुसमुकुस भएजस्तो लाग्छ ।

झ्याल खोल्छु नजिकै अडेसिन्छु र पर्दा खोल्दै मस्तसँग चुरोट तान्न थाल्छु । धूवैधूवाँले छिनमै कुइरीमण्डल बनाउँछ कोठा । धूवाँमा रमाउने आदत जो लागेको छ । औधी मनपर्छ मलाई धूवाँ उडाउन । त्यसो त चुरोटको होस् या अरू कुनै धूवाँ । धूवाँमा हराउने मान्छे म । जिन्दगी पनि त एउटा धूवाँ नै हो आखिर । एक दिन फुस्स उड्छ अनि सकिन्छ सबै धूवाँ बनेर । साहित्यमा कलम चलाउने भएर होला आज फेरि एउटा साहित्य स्टाटस कोर्न मन लाग्यो । दुइ शब्द कोरी पनि हालें ।

-यो एक्लो नि:शब्द रात यी ताराहरूको मादक प्रेम
-दिलमा तरङ्ग ल्याउने तिम्रा रूमानी यादहरू
-यो चुरोटको मृत्युमा उत्सव मनाइरहेको उमङ्ग

किन किन आज पटक्कै निद्रा परेको छैन । छट्पटिन्छु घरी यता, घरी उता । निद्रा आँखाको आकाशबाट दूर क्षितिजमा कतै हराएजस्तो छ । बेलाबेलामा यस्तो त भई नै रहन्छ मलाई । शायद आज फिक्का चियाको डोज धेरै भएको छ । चिनी विनाको तीतो चिया खाने आदत जो छ । त्यो पनि डबल डोजमा । यही कालो चिया पिउने बानीले मेरो निद्राको आयु त्यसैत्यसै घटाइरहेको छ प्रतिदिन । त्यसो त निदाउनुमा भन्दा जाग्नुमा बढी आनन्द लाग्छ मलाई ।

कविता फेसबुकमा पोस्ट्याएको पनि केही समय बितिसकेको हुन्छ । लाइक आउँछ्न् फाट्टफुट्ट । यो मध्यरातमा बसेर लाइक र कमेन्ट गर्ने मजस्तो पागल शायद अरू को नै पो भूत बनेर जागेको होला र यतिबेला । हाँसो उठ्छ मनमनै आफैंलाई देखेर । मुस्कुराउँछु । सोची नसक्दै फ्याट्टै पहिलो कमेन्ट आइहाल्छ ।

‘मन छुने लेख्नुभयो’ अनि लभ रियाक्ट पनि । लभको रियाक्टको प्रतिक्रियामा गरें मैले पनि रिप्लाईमा । कहिल्यै रिप्लाई गर्न जरूरी नठान्ने मैले आज भने धन्यवाद लेखें पहिलोचोटि । खोइ किन हो आज आफ्नै औंलाहरू आफैं अनुमति विना नै कुद्दै थिए अक्षरको दौडमा । अरोमा नाम गरेकी अन्जान युवतीबाट शायद पहिलो पटक नै आएको थियो यो कमेन्ट । किन किन उसको प्रोफाइल चेक गर्न मन लाग्यो ।

प्रोफाइलमा क्लिक गरें । सुन्दर मुहार, मन्द मुस्कान, छोडिएको कपालमा निकै सुन्दर देखिने प्रोफाइल पिक्चर रहेछ । एकएक स्क्रोल गर्दै हेर्न थालें सबै तस्वीरहरू । मध्यरातमा यसरी मजस्तै जागा बसेर कमेन्ट गर्ने आखिर को हो ऊ । फोटो खिच्न मन पराउने देखियो सबै तस्वीरहरू हेर्दा , साहित्यक स्टाटसहरु हेरियो ।

फरक-फरक पोजमा, फरक-फरक ठाउँ र परिवेशमा थुप्रै फोटोहरू खिचेकी रहिछ । साह्रै राम्री लाग्यो लगभग एकाध घन्टा लगाएर सबैजसो फोटो हेरें । जब सबै हेरेर सकियो निद्रा त हराएकै थियो । झन् अनौठो छट्पटी भो । मन कौतूहल भो । बेचैनी छुट्यो कस्तो-कस्तो ।

उसको बारे झन् धेरै जान्ने उत्सुकता जाग्यो। फेसबुक इन्भेष्टिकेसन सुरु गरें , साथी को को रैछन , सबैलाइ बुझ्न खोजे आफन्तलाइ सोध सुरु भयो । बोल्न मन लाग्यो एकाएक । यति राति यो समय के हुँदैछ मलाई म ठम्याउन सकिनँ । मनलाई कति सम्झाउन खोज्छु तर दिमागको चल्दैन केही ।

भाषा बुझ्दैन दिलले दिमागको आजभोलि, बोल्न भन्न मन लाग्यो एकपटक । जे सुकै सोचोस्, जे सुकै बुझोस् । हेलो लेखिहालें, छिनमै रिप्लाई आयो हजुर भन्ने शब्द । हजुर भन्दा मन भित्रैसम्म छोयो । मलाई केटीहरूले हजुर भनेको साह्रै मीठो लाग्छ ।

कति मीठो लेख्नु हुन्छ हजुर । म आफ्नै काल्पनिक दुनियाँमा हराउँदै गर्दा उताबाट म्यासेज आइसक्छ । धन्यवाद भनें । म हजुरको ठूलो फ्यान हो भन्ने म्यासेज आयो । खुशी लाग्यो धन्यवाद भनें । कमेन्ट र लभ रियाक्टबाट खुसी मन म्यासेजमा बोल्न पाउदा झनै प्रफुलित भएको थियो। कुरैकुरामा
भेट गर्ने प्रस्ताव राखिन।

फुर्सद नै फुर्सद थियो जीवनमा । दिनभरि सुत्नु र साँझ परेपछि एकान्तमा डुल्नुबाहेक केही काम थिएन । ‘भोलि नै भेटौं न त तपाईंलाई फुर्सद छ भने । तपाईंलाई पायक पर्ने ठाउँमा’, म्यासेज पठाएँ ।

हुन्छ भन्ने रिप्लाइ आयो तुरून्तै । मलाई किन किन उसलाई अहिल्यै भेटिहालौं जस्तो भएको थियो । योभन्दा अगाडि पनि त धेरै पाठकहरूसँग भेटेको थिएँ तर यति धेरै कौतूहल र बेचैनी कहिल्यै भएको थिएन । विज्ञानले मुटुको चार कोठा छ भन्छ, अरुको बास ती कोठाको कुनै एक कुनामा भएको होला तर तिमी हरेक कोठाको मध्यबिन्दु बनेर बसेकी आभास भएको छ अहिले ।

कुनै नयाँ उपन्यासकी अद्भुत पात्र जस्ती लाग्यो मलाई । संसारको उत्कृष्ट नशालु पदार्थभन्दा मादक दिने खालका थिए उसका नजर । समुद्रको गहिराइभन्दा गहिरा लाग्ने आँखा ।

नभन्दै उज्यालो भयो । घामले पृथ्वीलाई स्पर्श गर्यो । बिहान नौ बजेको समय दिएको थिएँ । घर नजिकको बजार किताबको पसल थियो किताब किन्ने बाहानामा भेट्न आग्रह गरेको थिएँ । छिटोछिटो तयार भएँ । तयार त के हुनुथियो र, हातमुख धोएँ, लुगा घुसारें अनि मोबाइल समातेर बाटो लागें ।

उनिसंग छोटो समय थियो टाढा जाने समय जुराएको रहेछ । छोटो बसाइँ भावुक बनेर मनको कुरा बिसाउँदै थिए अचानक उनको फोन आयो उनि नभन्दै जुरुक उठेर हिडिन म हेरेको हेरइ रहेँ , अनि तल पुगेपछि फर्केर मुसुस्क मुस्काइन् हातले वाइ गरिन , मनमा लड्डु फुटे । जुरुक उठेर बाइकमा चढें सिधा कोठा पुगे मन उथलपुथल थियो खल्तीबाट मोबाइल झिकें नेट चालु गरें उनको प्रोफाइल खोले एकोहोरो हेरें .. भाग २ छिट्टै प्रकाशन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
ताजा अपडेट
Verified by MonsterInsights